Responsive Ad Slot

Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

साउथ स्टार रामचरण नेपाल आउँदै

No comments

Tuesday, March 1, 2022


साउथ फिल्मका चर्चित अभिनेता रामचरण नेपाल आउने भएका छन् । ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ का कारण पछिल्लो समय चर्चामा रहेका रामचरण नयाँ फिल्मको छायांकनको लागि नेपाल आउन लागेका हुन् । 

फिल्मको छायांकनको लागि रामचरणसहित फिल्म युनिट नै आउने बताइएको छ । उनी फेब्रुअरी २८ मा नेपाल आउने भएका हुन् ।  

युनिटले काठमाडौँ, मनाङ र मुस्ताङमा छायांकनको लागि ठाउँ हेर्ने भएको छ । फिल्म छायांकन अप्रिलबाट हुने भएको छ । 

बलिउड अभिनेता सोनु सुदको गाडी प्रहरी नियन्त्रणमा, कारवाही हुने

No comments

बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो ।

यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए ।

मोगा जिल्लाका पीआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई नियन्त्रणमा लिएर घर पठाइएको बताए । सोनुले पुन: गाडीलाई बाहिर निकाले कारवाही हुने उनले जानकारी दिए ।

यता सोनुले भने आफूहरू निष्पक्ष चुनाव चाहेकोले विभिन्न बुथमा विपक्षी दल अकालीका कार्यकर्ताले फोनमा धम्क्याउँदै भोट खसाउन लगाएको थाहा पाएर त्यसको अनुगमनमा गएको दाबी गरे । ‘केही बुथमा पैसा बाँडिएको छ । हाम्रो यो कर्तव्य हो कि हामी त्यसको अनुसन्धान गरौं र निष्पक्ष चुनाव सुनिश्चित गरौं । त्यहीकारण म त्यहाँ गएको थिएँ’, उनले भनेका छन् ।

सोनुले मोगाका अर्का दलका उम्मेद्वारह मतदातासँग भोट किनिरहेको आरोप लगाए । उनले यो मामलामा तुरुन्त एक्सन लिन प्रशासनसँग आग्रह गरेका छन् ।

उत्तेजित र मोहित तुल्याउँने यी आइटम गर्ल, जो गुमनाम बने

No comments

आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ ।

आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा सत्य के हो भने कतिपय अभिनेत्रीलाई भने त्यही आइटम गीतका कारण ‘आइटम गर्ल’को ट्याग लाग्ने गरेको छ । बलिउडमा कुनै समय केही अभिनेत्रीले हिट आइटम गीतमा कम्मर मर्काएका थिए । तर, अहिले उनीहरु बलिउडबाट टाढिइसकेका छन् ।

मोडल निगार खान नर्वेको लोकप्रिय मोडल हुन् । उनी चर्चित गीत ‘चढ्ती जवानी’को रिमिक्स भर्सनको आइटम गीतमा देखिएकी थिइन् । यो गीतमा उनको आइटम नृत्यलाई दर्शकले खुबै मनपराएका थिए । पछिल्लोपटक उनी सन् २०१५ मा फिल्म ‘दो चेहरे’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनी बलिउडबाट हराइन् ।

यो सूचीमा भारतीय क्रिकेटर हार्दिक पाण्डेयकी पत्नी तथा सर्बियाली मोडल नताशा स्टेनकोविचको नाम पनि आउँछ । उनले बलिउडमा सन् २०१३ मा पाइला चालेकी थिइन् । बलिउड निर्देशक प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को आइटम गीत ‘अइयो जी’ मा उनको हट नृत्य हेर्न पाइन्छ । नताशा गायक बादशाहका साथ गीत ‘डीजे वाले बाबु’ मा पनि देखिएकी थिइन् । हाल निजी जीवनमा व्यस्त नताशा सामाजिक सञ्जालमा सक्रिय छिन् ।

अभिनेत्री क्लाउडियाले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘७८६’ को आइटम गीत ‘बलमा’मा कम्मर मर्काएकी थिइन् । यो गीतलाई दर्शकले निकै मन पराएका थिए । तर, क्लाउडिया भने बलिउडबाट गुमनाम भइन् ।

अर्की अभिनेत्री मेघना आइटम गीत ‘कलियों का चमन’ मा देखिएकी थिइन् । यो आइटम गीत आज पनि उत्तिकै लोकप्रिय छ । मेघना फिल्म ‘हदिया’ मा पछिल्लोपटक देखिएकी थिइन् । मेघना अहिले बलिउडबाट टाढिएर पारिवारिक जीवनमा व्यस्त छिन् ।

बलिउडको हिट आइटम गीत ‘बाबु जी जरा धीरे चलो’ आज उत्तिकै लोकप्रिय छ । यो आइटम गीतमा याना गुप्ताको ठुम्का हेर्न पाइन्छ । अहिले याना बलिउडबाट टाढिएकी छन् ।


फिल्म 'बच्चन पाण्डे' ट्रेलर सार्वजनिक, फरक अवतारमा देखिए अक्षयकुमार

No comments

काठमाडौं ( बलिउड अभिनेता अक्षयकुमारको फिल्म ुबच्चन पाण्डेु को ट्रेलर सार्वजनिक भएको छ । फरहाद शामजीको निर्देशनमा बनेको यस फिल्मको ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक गरिएको हो । ट्रेलरमा अक्षय फरक अवतारमा देखिएका छन् । 

जनवरी २६ मा रिलीज हुने भनिएको यस फिल्म कोरोना महामारीका कारण रिलिज हुन सकेन । अब यस फिल्म मार्च १८ मा रिलिज गरिने भएको छ । फिल्म होलीको अवसर पर्ने हुनाले फिल्म रिलिज गर्न लागिएको हो । 

यस फिल्ममा अक्षय ग्याङस्टारको भूमिकामा छन् । साजिद नादियाडवालाले निर्माण गरेको यस फिल्ममा अक्षयसँगै अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको छ ।

प्याज खाएर सुटिङमा पुग्थे धर्मेन्द्र

No comments


काठमाडौं ( बलिउडका दिग्गज कलाकारमध्ये एक धर्मेन्द्रसँग जोडिएको धेरै किस्सा र कथा आज पनि सुनिन्छ र सुनाइन्छ । यहाँ धर्मेन्द्रसँग जोडिएको एउटा यस्तै किस्सा छ । यो किस्सा फिल्म ‘आए दिन बहार’को सुटिङताकाको हो । यो किस्सालाई धर्मेन्द्र आफैंले एक टेलिभिजन शोमा सुनाएका छन् ।

यो फिल्म सन् १९६६ मा रिलिज भएको थियो । यो त्यस समयको हिट फिल्ममा पर्दथ्यो । फिल्ममा धर्मेन्द्रको अपोजिटमा अभिनेत्री आशा पारेख थिइन् ।

आशालाई धर्मेन्द्रले जुबली पारेख भनेर बोलाउने गर्थे । किनकि आशा कोही पनि अभिनेतासँग काम गर्दा त्यो फिल्म हिट हुन्थ्यो । यो फिल्मको सुटिङ सकिएपछि धर्मेन्द्र फिल्मका निर्देशक तथा अन्य सदस्यसँग अबेर रातसम्म मदिरा पिउँथे ।

धर्मेन्द्रका अनुसार जब उनी बिहान सुटिङमा जान्थे, त्यो बेला उनको मुखबाट मदिराको गन्ध आइरहन्थ्यो । त्यहीकारण मदिराको गन्ध नआओस् भन्नका लागि उनी प्याज खान्थे ।

‘एकपटक आशाले ‘धर्मेन्द्रको मुखबाट मदिराको गन्ध आउँछ’ भनेर गुनासो गरिछन् । त्यसपछि मैले मेरो समस्या सुनाएँ । त्यसपछि आशाले मलाई मदिरा नपिउन सल्लाह दिनुभयो । त्यसपछि हामी राम्रो साथी बन्यौं’, धर्मेन्द्रले भनेका छन् ।

Don't Miss
© ThemeWiki. All rights reserved.
Made with ♥ by ThemeWiki