पीसीआर विधिबाट ४ हजार ४५८ जनामा परीक्षण गर्दा ९२ जना र एन्टिजेन विधिबाट २ हजार ०४६ जनामा परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ३५४ रहेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ । २४ घण्टामा १ लाख ८ हजार १४० जनाले खोप लगाएका छन् ।
No comments
Post a Comment