Responsive Ad Slot

Latest

latest

सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश, टोटनहम बाहिरियो

Tuesday, March 1, 2022

/ by Arun Sah


काठमाडौं ( च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २(० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १(१ गोल गरे ।

राति नै भएको अर्को खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १(० अन्तरले पराजित हुँदै टोटेनहम  एफए कपको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ ।

टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २(१ अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो ।


No comments

Post a Comment

Don't Miss
© ThemeWiki. All rights reserved.
Made with ♥ by ThemeWiki