Responsive Ad Slot

Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

कोरोना अपडेटः थप १५८ जना संक्रमित, २ जनाको मृत्यु

No comments

Tuesday, March 1, 2022

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ६ हजार ५०४ जनामा गरिएको परीक्षणमा १५८ जनामा संक्रमण देखिएको मंगलबार जनाएको हो ।

पीसीआर विधिबाट ४ हजार ४५८ जनामा परीक्षण गर्दा ९२ जना र एन्टिजेन विधिबाट २ हजार ०४६ जनामा परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या ३५४ रहेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ रहेको छ । २४ घण्टामा १ लाख ८ हजार १४० जनाले खोप लगाएका छन् ।

खजुराकाे प्रेसर कुकर बम सेनाद्वारा निष्कृय

No comments


नेपालगञ्ज ( बाँकेको खजुरा बजारको मनकमना चोक ९हाको पृथ्वी चोक०मा अज्ञात समूहले राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको छ ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि राखिएको प्रेसर कुकर बममा ‘नोएमसीसी’ लेखिएको थियो । सो स्थानमा बम राखिएको बिहान ७ बजे सूचना पाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपाने जानकारी दिए ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनि बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अवरुद्ध भएको थियो । नेपाली सेनाको नम्बर ४ बाहिनी अड्डा, भैरबप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट खटिएको टोलीले बम निष्कृय पारेको हो ।

सो टोलीले बिहान ११:४ मिनेटमा विष्फोट गराई बम निष्कृय पारेको हो । खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए । बम डिस्पोज गरेसँगै बिहानैदेखि अवरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

बन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

No comments

विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ । 

पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो । 

सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रकाशित गरेको थियो । उक्त समाचारका आधारमा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो । 

 महानिर्देशक डा. कँडेलले भने, “राम्रो बासस्थान भएकोतर्फ वन्यजन्तु जानु स्वाभाविक हो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भारतको वाल्मीकि टाइगर रिजर्भमा बासस्थान सुधारका लागि उल्लेखनीय कार्य भएकाले वन्यजन्तु उता जान थालेको आभास भइरहेकाले नेपालका वन्यजन्तुलाई यतै रोक्न बासस्थान विशेष सुधार कार्यक्रम सञ्चालनका लागि तयारी भइरहेको छ ।’’ यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

No comments


काठमाडौं ( बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । गत आइतबार एमसीसी पारित भएपछि पहिलो पटक दिउँसो १ बजे संसद बैठक बस्न लागेको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।


यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

भक्तपुरमा शौचालयमा झुण्डिएको अवस्था युवती फेला

No comments

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ९ बोडेस्थित एक शौचालयमा झुण्डिएको अवस्थामा युवती मृत फेला परेकी छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय राजेन्द्र थापाको घरमा डेरा गरी बस्ने सुमन खड्गीकी श्रीमती २१ वर्षीया अस्मिता खड्गी मंगलबार राति शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार अस्मिता डेरा गरी बसेको घरको बाहिर इँटाको गारो लगाई जस्ताले छाएको शौचालयमा जस्ताको छानो अड्याउने काठमा सलको पासो घाँटीमा लगाई झुण्डिरहेको अवस्थामा भेटिएकी थिइन्।

‘अस्मिताका ८ वर्षका छोरा साइमन खड्गीले आमा शौचालयमा झुण्डिरहेको देखेपछि अरुलाई जानकारी गराएका रहेछन्’, उनले भने, ‘त्यसपश्चात प्रहरीलाई खबर गरिएको थियो।’

प्रहरीले उक्त पासो काटी उपचारको लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमी लगेको थियो। उपचारको क्रममा गएराति नै अस्मिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक पाण्डेले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।

Don't Miss
© ThemeWiki. All rights reserved.
Made with ♥ by ThemeWiki