Responsive Ad Slot

Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

हृदयरोगबाट बच्न यी ६ आदत बसाल्नुहोस्

No comments

Tuesday, March 1, 2022

विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ । 

नेपालमा पनि पछिल्लो समय हार्टअट्याकका विरामीको संख्या बढ्दै गएको देखिन्छ । सूर्ती सेवन तथा अस्वस्थ खानपान नगर्ने र रक्सी सेवनलाई कम गर्दै जीवनशैलीमा ध्यान दिन सकेमा हृदयरोग नलाग्ने विज्ञ चिकित्सक ९कार्डियोलोजिस्ट०हरु बताउँछन् ।

हामीमध्ये अधिकांशलाई हृदयरोग कति घातक हुन्छ भन्ने थाहा छ । तर पनि यसको मूल कारणलाई हामी नजरअन्दाज गरिरहेका हुन्छौं । जब हामी यसको उपचार गर्नतिर लाग्छौं, तब निकै ढिला भइसकेको हुन्छ । मानिस अमर प्राणी त होइन, तर पनि हृदयरोग लाग्न नदिन गाह्रो भने छैन । 

कार्डियोलोजिस्टहरुका अनुसार, हृदयरोगबाट बच्न स्वस्थ आहार, नियमित व्यायाम, स्तरीय निद्रा र समय समयमा विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य जाँच गराउन सक्दा रोग नियन्त्रण गर्न सकिन्छ । विज्ञ चिकित्सकहरु हृदयरोगबाट बच्न यी ६ उपाय सुझाउँछन् (

दैनिक ४० मिनेट व्यायाम

हरेक मानिसले दैनिक ४० मिनेट व्यायाम गर्नु स्वास्थ्यका लागि उत्तम हुन्छ । चिकित्सकहरुका अनुसार, व्यायामले सातामा पाँच पटक तपाईंको कार्डियोभास्कुलर जोखिमलाई ३० प्रतिशत कम गर्न मद्दत गर्छ । तौल कम गर्न, ब्लडसुगर, ब्लडप्रेसर तथा कोलेस्टोरलको स्तर सुधार गर्न पनि व्यायाम अनिवार्य छ । व्यायामले त मानिसको यौनजीवनसमेत सुधार्ने चिकित्सकहरु बताउँछन् ।

आफूलाई खुसी राख्नुस्

हृदयरोग कम गर्ने प्रमुख उपायमध्ये एक आफूलाई खुसी राख्नु हो । तनावमा बस्नु हृदय रोग मात्र होइन अन्य रोग पनि बढाउनु हो । हामीले सकेसम्म हाँस्ने प्रयत्न गर्नुपर्छ । हाँस्दा शरीरबाट एन्डोर्फोन हार्मोन बाहिरिन्छ, जसले ब्लडप्रेसर कम गर्न र ब्लड सर्कुलेसनमा सुधार ल्याउन मद्दत गर्छ । संसारका कतिपय ठाउँमा अहिले ‘लाफिङ क्लास’ सन्चालन गर्ने संस्था स्थापित छन् । त्यस्ता ठाउँमा गएर साथीहरुसँग हाँस्ने र आफूभित्रका तनावहरु कम गर्ने कार्य गर्न सकिन्छ । पछिल्लो समय ‘स्टे«स म्यानेजमेन्ट’का कक्षासमेत सन्चालन हुन थालेका छन् । 

स्तरीय निद्रा सुत्नुस्

शरीरलाई आवश्यक आरामले कतिपय रोग कम गर्ने चिकित्सकहरु बताउँछन् । राम्रो र स्तरीय निद्राले शरीरलाई आराम दिन्छ । यस्तो निद्राले मानसिक र हृदयरोग नियन्त्रणमा मद्दत गर्छ । चिकित्सकहरुका अनुसार, हामीले दैनिक सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ । 

धुम्रपान र रक्सीबाट बच्नुस्

डब्ल्यूएचओका अनुसार, हृदयरोगको अधिकांश मामिला धुम्रपान र रक्सीका कारण वृद्धि भइरहेको छ । डब्ल्यूएचओको आँकडाले धुम्रपान र रक्सी नपिउनेको तुलनामा पिउनेमा अचानक हार्टअट्याकबाट हुने मृत्युको जोखिम आधा बढ्ने देखाएको छ । 

त्यतिमात्र होइन, यो खराब आदतले हाई ब्लडप्रेसर, स्ट्रोक र हार्ट फेलियरजस्ता रोगको जोखिम बढाइदिन्छ । रक्सीमा मोडरेसन कार्डियो प्रोटेक्टिभ तत्व हुन्छ, तर यसको अधिक प्रयोग मुटुका लागि हानिकारक हुन्छ । 

मोडरेसनमा खानुस्

हामीले हरेक पटक खानेकुरा खाँदा तेलको मात्रा कम गर्न सक्नुपर्छ । वयस्क उमेरका मानिसले हरेक महिना आधा लिटर आलस, जैतुनलगायत ‘सेचुरेटेड’ तेलको प्रयोग गर्नु उत्तम हुन्छ । साग, बदाम, प्रोटिनको सेवन गर्न पनि राम्रो हुन्छ । 

नियमित स्वास्थ्य परीक्षण

फुल ब्लड काउन्ट, कोलेस्टोरल लेभल, किड्नी, लिभर तथा थाइरोइडका साथै ब्लडसुगर लेभल र इसीजी परीक्षण नियमित गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यमा देखिने लक्षण तथा अवस्थाका अनुसार हृदयरोग विशेषज्ञसँग नियमित जाँच गराउनु पनि उत्तिकै आवश्यक छ । 

शरीरमा प्रोटिनको कमी पूरा गर्न घरमै यसरी बनाएर खानुहोस् प्रोटीन पाउडर

No comments


हाम्रो शरीरलाई सधै स्वस्थ र बलियो राख्न नियमित तागतिलो खानेकुराहरुको सेवन गर्नु पर्नेहुन्छ । शरीरलाई स्वस्थ राख्न हामिले धेरै प्रकारका भिटामिन, प्रोटिन  भएका खानेकुराहरु खानुपर्छ । 

यसका लागि मानिसहरु बजारमा सजिलै उपलब्ध हुने भिटामिन, प्रोटिन पाऊडर प्रयोग गर्ने गर्छन् । बजारमा पाइने सबै पाउडर हाम्रो स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने छैन।  

मानिसको शरीरमा प्रोटिनको कमी पूरा गर्न आजकल मानिसहरु विज्ञको सल्लाह बिना यसको सप्लिमेन्ट चक्की खान थालेका छन् । विशेषगरी जिम जाने वा शरीर बनाउन चाहनेले डर नभई यसको सेवन गर्छन् । तर प्रोटिन पाउडरको सेवनले पनि शरीरलाई हानि पुर्‍याउँने गर्छ । त्यसैले हामिले बजारको भन्दा घरमै प्रोटिन पाउडर बनाएर सेवन गर्नु राम्रो हुन्छ । 

विज्ञहरूका अनुसार घरमै बनाइने प्रोटिन पाउडर प्राकृतिक सामग्रीको प्रयोग भएकाले स्वस्थ र सुरक्षित हुन्छ । एकै समयमा, प्रोटिन पाउडर किन्न अलि जोखिमपूर्ण हुन सक्छ किनभने  थाहा नहुन सक्छ।  

प्रोटीन पाउडर बनाउनको लागी चाहिने सामग्री स्( ओखर ( १०० ग्राम, बदाम ( १००  ग्राम, काजू ( १०० ग्राम, कद्दू बीउ ( १००  ग्राम, सोयाबिन ( १००  ग्राम, मखाना  ( १०० ग्राम, सेतो तिल ( १०० ग्राम

 

बनाउने तरिका 

१। । सबैभन्दा पहिले सबै चीजहरू बराबर मात्रामा लिएर राम्ररी सफा गर्नुहोस्।

२।  अब यसलाई भाडोमा राख्नुहोस् र हल्का आगोमा भुट्नुहोस् अनि कम्तिमा ३(४  मिनेटको लागि रातो हुन जेल भुट्नु होस्।   

३। यसलाई कम्तिमा ३० मिनेटको लागि चिसो हुन दिनु पर्दछ। 

४ । अब सबै सामग्रीहरूलाई मिक्सरमा राख्नुहोस् र तिनीहरूलाई राम्ररी पीस्नुहोस्। 

५ । मिठासको लागि तपाईं स्वाद अनुसार चिनी पाउडर, पाउडर गरिएको चिनी क्यान्डी थप्न सक्नुहुन्छ।

औषधीय गुणले भरिपूर्ण रुख कटहरका यस्ता छन् फाइदा

No comments


रुख कटहर हाम्रो स्वास्थ्यका लागि फाइदाजनक फल हो । गुलियो स्वाद हुने रुखकटहरमा प्रशस्त पोषक तत्व हुन्छ ।

यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन, जिंक लगायतका विभिन्न तत्वहरु पाइन्छ । रुख कटहरको फल मात्र नभई बियाँमा पनि उत्तिकै पौष्टिक पाइन्छ ।

पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमालेर सेलाएर पिउनु राम्रो हुन्छ । प्रशस्त मात्रा भिटामिन पाइने रुखकटहर मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ।  रुखकटहरमा पोटासियम पाइन्छ, जुने मुटुरोगीका लागि फाइदाजनक पनि छ । 

यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ । रक्तचाप कम गराउँछ । रुख कटहरको जरा दमको रोगीका लागि फाइदाजनक छ । थाइराइड रोगीले पनि यो खानु फाइदाजनक हुन्छ । 

‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन‘ - स्वस्थ मासु कसरी चिन्ने ?

No comments

नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो ।

दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ । तर, यसरी सेवन गरिने मासु स्वास्थ्यका लागि भने फाइदाजनक हुँदैन । 

फुलपातीको दिन पकाएको मासु भुटेर, फ्रिजमा राखेर अनेक विधि अपनाएर स्टक गरिन्छ, तर यसरी राखिएका मासु स्वास्थका दृष्टिकोणले अस्वस्थ साबित हुन्छ ।

मासुजन्य परिकारमा शरीरका लागि आवश्यक प्रोटिन प्रशस्त हुने भए पनि धेरै मासु खानु शरीरका लागि हानीकार हुने पोषणविद् अरुणा उप्रेतीको भनाइ छ । एकजना व्यक्तिले प्रतिदिन एक सय ग्रामसम्म मासु सेवन गर्नुपर्छ । त्यो भन्दाबढी अस्वस्थ मानिन्छ । ‘चाडबाडमा सबै जनासँगै बसेर खानेकुरा खाने मात्रै काम हुन्छ । पकायो खायो जसले गर्दा भोजनमा सन्तुलन कायम हुँदैन्,’ उप्रेती भन्छिन्,’ मिलाएर खायो भने मासु लाभदायक हुन सक्छ, जथाभावी खाँदा हानीकारक हुन्छ ।’

बडादसैंको समय मौसमी फ्लु जस्ता रोगहरूको संक्रमणको जोखिम पनि हुन्छ । बालबालिका तथा वृद्धवृद्धाले अझ बढी स्वास्थ्य सतर्कता अपनाउनु पर्छ । मासु आफँैमा अत्याधिक बोसो हुने र पकाउँदा पनि धेरै तेल प्रयोग गरिने भएकोले मासु खाँदा स्वास्थ्यमा असर पुग्ने हुन्छ । 

मासुसँगै दसैंको समयमा मद्यपान गर्दा यो झनै हानिकारक हुन्छ । अझ मासु पकाउँदा आगोमा पोलेर, तारेर पकाउँदा यस्तो खान्कीले मधुमेह, उच्च रक्तचाप तथा क्यान्सर गराउने तत्व शरीरमा उत्पादन गराउन मद्दत पुर्याउँछ । साथै, पाचनप्रणालीमा समेत यसले गम्भीर असर पुर्याउन सक्छ । 

स्वस्थ मासु कसरी चिन्ने ?

–मासुका लागि पशुपछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । 

–धेरै मासु एकैपटक नकिन्ने, आवश्यकताअनुसार किन्ने ।

–फ्रिजमा ताजा मासुलाई ४८ घण्टासम्म मात्र राख्ने । 

–फ्रिजमा मासु राख्दा छोपेर राख्ने । 

–मासुलाई टुक्रा–टुक्रा बनाएर फ्रिजमा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्ने ।

–मासुमा अम्लियपनाको मात्रा ५।७ पीएचभन्दा कम र ६।३ पीएचभन्दा बढी हुनुहुँदैन ।

–मासु सकेसम्म ७२ डिग्री सेल्सियस तापक्रममा पकाउने । 

जाडोमा तात्तातो म:म घरमै बनाएर खानुहोस्, यस्तो छ सजिलो तरिका

No comments


जाडो होस् या गर्मि सबैले मस्म लाई एकदम रुचाउने र मन पराउने गर्छन्। बच्चादेखि वृद्ध उमेरका मानिसहरुले यसलाई रुचाउने गर्छन्। जेठको चर्को घाम होस् या माघको कठ्याँग्रिदो जाडोमा मस्म सबै मौसममा अत्याधिक मन पराइने गरिन्छ । 

मस्म सानो ठुला देखि पाँच तारे होटलमासम्म पाइन्छ। मस्म थुप्रै किसिमका हुन्छन जस्तै स् शाकाहारी र मांसाहारी दुवै किसिमका बजारमा पाइन्छ। आज हामी हजुरहरुलाई घरमै ताजा, रसिलो र तातो मस्म र त्यसको अचार बनाउने तरिका बारे जानकारी दिदैछौ ।

चिकन मस्म का लागि चाहिने सामग्री ( सुरुमा मैदालाई पानिसंग मुस्ने र नरम बनाउने, चिकनको किमा बनाउने, मसिनो काटेको प्याज, लसुन र अदुवाको पेस्ट, मसिनो काटिएको बन्दा, खोर्सानी,धनिया पत्ता, मस्म को मसला, पिरो खोर्सानीको धुलो, बेसार, स्वाद अनुसारको नुन, तोरीको तेल र पानी। 

बनाउने तरीका ( चिकनको किमा, मसिनो काटेको प्याज, लसुन र अदुवाको पेस्ट, मसिनो काटिएको बन्दा, खोर्सानी, धनिया पत्ता, मस्मको मसला, पिरो खोर्सानीको धुलो ,बेसार, स्वाद अनुसारको नुन, तोरीको तेल र अन्तिममा थोरै पानी लगाएर मुस्नु पर्दछ। मैदाको डल्लोलाई चक्ला बेलनामा राखेर सानो रोटि जस्तो बनाउने र चिकनको किमलाई बिचमा राखेर आफ्नै आकारमा त्यसलाई पोको पर्न सक्नुहुन्छ।

दोस्रो हजुरहरुले मस्मको भाडोको तल्लो तहमा तातो पानी उमाल्नुपर्दछ । पहिलो र दोस्रो खण्डमा प्याक गरेको मस्मलाई त्यसमा राखेर १०(१५ मिनेट तातो पानीको बाफमा पाक्न दिनुपर्दछ र मस्म तयार हुन्छ।  

मस्ममा प्रायजसो टमाटरको अचार मिठो हुने गर्दछ। आज हामी टमाटरको अचार बनाउने तरिका भन्नेछौ। सुरुमा टमाटरलाई मसिनो तरिकाले काट्नु पर्दछ । 

अचारको सामग्री ( खोर्सानी स्वाद अनुसार,धनिया पत्ता, स्वाद अनुसारको नुन, तेल ,बेसार।

बनाउने तरीका ( सुरुमा कराई बसाउने र तेल लगाउने अनि टमाटर हाल्ने र भुटने अनि बेसार, नुन,मसला,लगाएर ३ मिनेट छोपिदिने र मनतातो पानी लगाइदिने र उमाल्ने । अन्तिममा सफा भाडोमा निकाली दिने र धनिया पत्ता हाल्दिने।  

Don't Miss
© ThemeWiki. All rights reserved.
Made with ♥ by ThemeWiki