हाम्रो शरीरलाई सधै स्वस्थ र बलियो राख्न नियमित तागतिलो खानेकुराहरुको सेवन गर्नु पर्नेहुन्छ । शरीरलाई स्वस्थ राख्न हामिले धेरै प्रकारका भिटामिन, प्रोटिन भएका खानेकुराहरु खानुपर्छ ।
यसका लागि मानिसहरु बजारमा सजिलै उपलब्ध हुने भिटामिन, प्रोटिन पाऊडर प्रयोग गर्ने गर्छन् । बजारमा पाइने सबै पाउडर हाम्रो स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने छैन।
मानिसको शरीरमा प्रोटिनको कमी पूरा गर्न आजकल मानिसहरु विज्ञको सल्लाह बिना यसको सप्लिमेन्ट चक्की खान थालेका छन् । विशेषगरी जिम जाने वा शरीर बनाउन चाहनेले डर नभई यसको सेवन गर्छन् । तर प्रोटिन पाउडरको सेवनले पनि शरीरलाई हानि पुर्याउँने गर्छ । त्यसैले हामिले बजारको भन्दा घरमै प्रोटिन पाउडर बनाएर सेवन गर्नु राम्रो हुन्छ ।
विज्ञहरूका अनुसार घरमै बनाइने प्रोटिन पाउडर प्राकृतिक सामग्रीको प्रयोग भएकाले स्वस्थ र सुरक्षित हुन्छ । एकै समयमा, प्रोटिन पाउडर किन्न अलि जोखिमपूर्ण हुन सक्छ किनभने थाहा नहुन सक्छ।
प्रोटीन पाउडर बनाउनको लागी चाहिने सामग्री स्( ओखर ( १०० ग्राम, बदाम ( १०० ग्राम, काजू ( १०० ग्राम, कद्दू बीउ ( १०० ग्राम, सोयाबिन ( १०० ग्राम, मखाना ( १०० ग्राम, सेतो तिल ( १०० ग्राम
बनाउने तरिका
१। । सबैभन्दा पहिले सबै चीजहरू बराबर मात्रामा लिएर राम्ररी सफा गर्नुहोस्।
२। अब यसलाई भाडोमा राख्नुहोस् र हल्का आगोमा भुट्नुहोस् अनि कम्तिमा ३(४ मिनेटको लागि रातो हुन जेल भुट्नु होस्।
३। यसलाई कम्तिमा ३० मिनेटको लागि चिसो हुन दिनु पर्दछ।
४ । अब सबै सामग्रीहरूलाई मिक्सरमा राख्नुहोस् र तिनीहरूलाई राम्ररी पीस्नुहोस्।
५ । मिठासको लागि तपाईं स्वाद अनुसार चिनी पाउडर, पाउडर गरिएको चिनी क्यान्डी थप्न सक्नुहुन्छ।
Trends is an amazing magazine Blogger theme that is easy to customize and change to fit your needs.
No comments
Post a Comment