Responsive Ad Slot

Showing posts with label World News. Show all posts
Showing posts with label World News. Show all posts

युक्रेनको राजधानीमा लक्षित हमला गर्न लागेको रुसको चेतावनी

No comments

Tuesday, March 1, 2022

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ुलक्षित हमलाु गर्न लागेको जनाएको हो ।  

मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ । 

रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ ।  यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।

युक्रेनमा रुसी सेनाकाे आक्रमणमा परी एक भारतीय विद्यार्थीको मृत्यु

No comments


युक्रेनको दोस्रो ठूलो सर खारकिभमा एक भारतीय विद्यार्थीको मृत्यु भएको छ । रुसी फौजले गरेको बमबारीमा उनको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले पुष्टि गरेका छन् ।

बागचीले मंगलबार ट्विट गर्दै खारखिभमा रुसी सेनाले गरेको गोलाबारीमा उनको मृत्यु भएको र उनको परिवारसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।

खारकिभमा आफ्ना नागरिकको मृत्यु भएलगत्तै भारत सरकारले आफ्ना सम्पूर्ण नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएको छ । भारतले जुनसुकै माध्यमबाट भए पनि युक्रेन छाड्न निर्देशन जारी गरेको छ । 

भारतको यो निर्देशनले युक्रेनमा भीषण युद्ध हुने संकेत गरेको छ । रुसी सेनाको बख्तरबन्द गाडी ६४ किलोमिटरसम्म लाम लागेर युक्रेनको राजधानी किभतर्फ अघि बढिरहेको छ ।

युक्रेनमा रुसी हमलाः खोसियो पुटिनको मानार्थ ब्ल्याक बेल्ट पदवी

No comments


युक्रेनमाथि आक्रमण गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको तेक्वान्दोको मानार्थ ब्ल्याक बेल्ट पदवी खोसिएको छ । विश्व तेक्वान्दो महासंघले मंगलबार एक ट्वीट गर्दै पुटिनको मानार्थ ब्ल्याक बेल्ट खोसिएको जनाएको हो । 

‘विश्व तेक्वान्दोले युक्रेनमा निर्दोष जीवनमाथि भएको नरसंहारकारी हमलाको कडा निन्दा गर्दछ, जुन विजयभन्दा शान्ति धेरै मूल्यवान छ भन्ने विश्व तेक्वान्दोको मान्यता विरुद्ध छ,’ महासंघले ट्वीटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ । 

युक्रेन हमला विश्व तेक्वान्दोको मूल्य र सहिष्णुता विरुद्धमा रहेको पनि महासंघले जनाएको छ । ‘यस सन्दर्भमा विश्व तेक्वान्दोले राष्ट्रपति भ्लादमिर पुटिनलाई सन् २०१३ को नोभेम्बरमा प्रदान गरेको मानार्थ नवौं डान ब्ल्याक बेल्ट पदवी फिर्ता लिने घोषणा गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

रुस र बेलारुसमा तेक्वान्दो आयोजना नगर्ने र त्यहाँ मान्यता नदिने पनि महासंघले जनाएको छ । उसको घोषणलााई सामाजिक सञ्जालका प्रयोगकर्ता र तेक्वान्दोप्रेमीले अभ्यासकर्ताले स्वागत गरेका छन् । 

युक्रेनको सबैभन्दा ठूलो टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको ज्यान गयो

No comments


किभ – दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ । 

किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् । 

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

पुटिनलाई बाइडेनको चेतावनी – तानाशाहले गम्भीर मूल्य चुकाउनुपर्छ

No comments

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चेतावनी दिँदै ‘तानाशाहीले मूल्य चुकाउनु पर्ने’ बताएका छन्।

रुसले युक्रेनमाथि गरेको आक्रमणका सम्बन्धमा अमेरिकी संसदलाई स्थानीय समयअनुसार मंगलबार बेलुका ९नेपाली समय अनुसार बुधबार बिहान० सम्बोधन गर्दै तानाशाहको जीत नहुने बताएका हुन्।

युक्रेनमाथि युद्ध गर्दा पश्चिमा देशले कस्तो गम्भीर जवाफ दिन्छन् भनेर पुटिनले आँकलन गर्न नसकेको वा उनको आँकलन गलत बनेको बाइडेनले उल्लेख गरे। बाइडेनले सम्बोधनमा भनेका छन्, ‘निरंकुशतामाथि जहिले पनि स्वतन्त्रताले अटल विजय प्राप्त गर्छ।’

महामारीबाट उठ्ने प्रयासमा रहेको अमेरिकी अर्थतन्त्र मुद्रास्फीतिसँग संघर्ष गरिरहेको र युक्रेनमाथि रुसी आक्रमणले त्यसलाई थप बढाउने देखिएका बेला बाइडेनले संसदमा सम्बोधन गरेका हुन्।

राष्ट्रपतिका रुपमा बाइडेनको लोकप्रियता अहिले निकै कमजोर अवस्थामा छन्।

बाइडेनले सांसदहरुलाई गरेको सम्बोधनमा पुटिनले विनाउक्साहत युक्रेनमाथि आक्रमण गरेको बताए । समस्या समाधानका लागि बारम्बार गरिएको कूटनीतिक प्रयासलाई अस्वीकार गर्दै पुटिनले पूर्वयोजना अनुरुप नै आक्रमण गरेको बाइडेनको भनाइ छ ।

उनले भनेका छन्, ‘उनले ९पुटिन० पश्चिमा राष्ट्र र नेटोले जवाफ दिँदैन भन्ने सोचे। यहाँ ९अमेरिका० पनि आन्तरिक विभाजन ल्याउन सक्छु भन्ने ठाने। तर उनी गलत थिए। हामी तयारी अवस्थामा थियौँ।’

उनले अमेरिकी हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाउने घोषणा गरे। युरोपियन युनियन र क्यानडाले यसअघि नै रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका थिए।

युक्रेन आक्रमणलाई लिएर पुटिन तथा रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउँदै जाने पनि बाइडेनले बताएका छन्। सम्बोधनको क्रममा अमेरिकाका लागि युक्रेनी राजदूत ओक्साना मार्कोरोभा विशिष्ट कक्षमा प्रथम महिला डा जिल बाइडेनसँग बसेकी थिइन्।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि बाइडेन प्रशासनले गरेको काम तथा गएको वर्ष अफगानिस्तानबाट अमेरिकी सैनिकको खराब बहिर्गमन एवम् बेरोजगारी, मुद्रास्फीति तथा हत्याका घटना बढेकाले अमेरिकीहरु निराश देखिएका छन्। यसको प्रभाव बाइडेनको लोकप्रियतामा परेको छ।

Don't Miss
© ThemeWiki. All rights reserved.
Made with ♥ by ThemeWiki