Responsive Ad Slot

Latest

latest

पुटिनलाई बाइडेनको चेतावनी – तानाशाहले गम्भीर मूल्य चुकाउनुपर्छ

Tuesday, March 1, 2022

/ by Arun Sah

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चेतावनी दिँदै ‘तानाशाहीले मूल्य चुकाउनु पर्ने’ बताएका छन्।

रुसले युक्रेनमाथि गरेको आक्रमणका सम्बन्धमा अमेरिकी संसदलाई स्थानीय समयअनुसार मंगलबार बेलुका ९नेपाली समय अनुसार बुधबार बिहान० सम्बोधन गर्दै तानाशाहको जीत नहुने बताएका हुन्।

युक्रेनमाथि युद्ध गर्दा पश्चिमा देशले कस्तो गम्भीर जवाफ दिन्छन् भनेर पुटिनले आँकलन गर्न नसकेको वा उनको आँकलन गलत बनेको बाइडेनले उल्लेख गरे। बाइडेनले सम्बोधनमा भनेका छन्, ‘निरंकुशतामाथि जहिले पनि स्वतन्त्रताले अटल विजय प्राप्त गर्छ।’

महामारीबाट उठ्ने प्रयासमा रहेको अमेरिकी अर्थतन्त्र मुद्रास्फीतिसँग संघर्ष गरिरहेको र युक्रेनमाथि रुसी आक्रमणले त्यसलाई थप बढाउने देखिएका बेला बाइडेनले संसदमा सम्बोधन गरेका हुन्।

राष्ट्रपतिका रुपमा बाइडेनको लोकप्रियता अहिले निकै कमजोर अवस्थामा छन्।

बाइडेनले सांसदहरुलाई गरेको सम्बोधनमा पुटिनले विनाउक्साहत युक्रेनमाथि आक्रमण गरेको बताए । समस्या समाधानका लागि बारम्बार गरिएको कूटनीतिक प्रयासलाई अस्वीकार गर्दै पुटिनले पूर्वयोजना अनुरुप नै आक्रमण गरेको बाइडेनको भनाइ छ ।

उनले भनेका छन्, ‘उनले ९पुटिन० पश्चिमा राष्ट्र र नेटोले जवाफ दिँदैन भन्ने सोचे। यहाँ ९अमेरिका० पनि आन्तरिक विभाजन ल्याउन सक्छु भन्ने ठाने। तर उनी गलत थिए। हामी तयारी अवस्थामा थियौँ।’

उनले अमेरिकी हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाउने घोषणा गरे। युरोपियन युनियन र क्यानडाले यसअघि नै रुसी विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका थिए।

युक्रेन आक्रमणलाई लिएर पुटिन तथा रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउँदै जाने पनि बाइडेनले बताएका छन्। सम्बोधनको क्रममा अमेरिकाका लागि युक्रेनी राजदूत ओक्साना मार्कोरोभा विशिष्ट कक्षमा प्रथम महिला डा जिल बाइडेनसँग बसेकी थिइन्।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि बाइडेन प्रशासनले गरेको काम तथा गएको वर्ष अफगानिस्तानबाट अमेरिकी सैनिकको खराब बहिर्गमन एवम् बेरोजगारी, मुद्रास्फीति तथा हत्याका घटना बढेकाले अमेरिकीहरु निराश देखिएका छन्। यसको प्रभाव बाइडेनको लोकप्रियतामा परेको छ।

No comments

Post a Comment

Don't Miss
© ThemeWiki. All rights reserved.
Made with ♥ by ThemeWiki